आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भोजपुरका किसानलाई ५१ लाख बराबरको कृषि सामग्री

एपी खबर २०८१ चैत्र १०, आईतबार ( ११ महिना अघि) १६१ पाठक संख्या

पौवादुङमा गाउँपालिकाले ७५० जना किसानलाई कृषि सामग्री दिएको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सामग्री वितरण गरिएको हो।

 

किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। अकबरे खुर्सानी खेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हाते ट्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे लगायत गरी ५१ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको उनले बताए।

 

पहिलो चरणमा ५१ लाख बराबरको कृषि सामग्री बोलपत्रमार्फत आह्वान गरेर वितरण थालेको उल्लेख गर्दै भट्टराईले यो वर्ष करिब रु ७० लाख बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य रहेको जनाए। किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईको भनाइ छ।

प्रतिक्रिया दिनुहोस