आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२५ किलो गाँजासहित मोरङमा भारतीय नागरिक पक्राउ

एपी खबर २०८२ श्रावण २, शुक्रबार ( ७ महिना अघि) १२० पाठक संख्या

प्रहरीले मोरङ धनपालथान गाउँपालिकाबाट गाँजासहित भारतीय नागरिक पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा भारत अररिया पहुँसी ग्राम पञ्चायत(२ का २२ वर्षीय मोहम्मद इर्साद रहेका छन्।

 

बिआर३८क्यू ५६८६ नम्बरको मोटरसाइकलमा सवार उनलाई धनपालथान गाउँपालिका(२ अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 

इर्सादले बोकेको प्लाष्टिकको झोलामा २५।२५० ग्राम गाँजा फेला परेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले बताइन्।

 

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याएर थप अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस