आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

चोरीको मोबाईल सहित एक पक्राउ

AuthorAP Khabar २०७५ भाद्र १५, शुक्रबार ( ७ साल अघि) ७४५ पाठक संख्या

बारा, १५ भाद्र : जील्ला प्रहरी कार्यालय बाराले मोबाईल चोरी तथा बेचबिखनमा सम्लग्न एक ब्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पछिलो सयम बारामा चोरीको घटनामा बृद्वि हुदैँ गएको गुनासो बढेपछि बारा प्रहरीले यस प्रति कडाई गर्दै निजलाई पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बारागढि गाउँपालिका ३ बस्ने राजु साह कलवार रहेका छन् । बारा प्रहरीले मोवाईल चोरीको घटनालाई नियन्त्रण गर्न सक्रियता बढाएको थियो । त्यही अनुसार भाद्र १४ गते जील्ला प्रहरी कार्यलयको टोलीले सुचनाको आधारमा बारागढि गाउँपालिका ३ बस्ने बिरा साह कलवारको घरमा खानतलासी गरेको थियो ।
खान तलासीको क्रममा बिराका छोरा राजु सुत्ने कोठाबाट लुकाई राखेको करिब १० लाख मुल्य बराबरको विभिन्न ब्रन्डको ३७ थान मोवाईल वरामत गरेको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजितसिहं राठोरले जानकारी दिनुभयो ।
प्रहरीले मोवाईल सहित त्यसमा संल्गन राजुलाई नियन्त्रणमा लिई मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार कारपाहि प्रकृया अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस