आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सीमावर्ती क्षेत्रबाट अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार

AuthorAP Khabar २०७५ भाद्र २९, शुक्रबार ( ६ साल अघि) ७८३ पाठक संख्या

जलेश्वर : भारतको बिहार राज्यमा स्थानीय सरकारले मदिरा सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली क्षेत्रबाट अवैध रुपमा विभिन्न ब्राण्डका मदिराहरू ओसार पसार गर्ने कार्यभईरहेको छ ।

सीमावर्ती क्षेत्रबाट अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार

यही क्रममा नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्न तयार गरिएको एक भारतीय मोटरसाइकल महोत्तरी जलेश्वर स्थित नैन्ही दशगजा नजिकबाट सशस्त्र प्रहरी बलले बरामद गरि जलेश्वर भन्सार कार्यालय बुझाईएको छ ।

प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकलमा छाडी भारततर्फ भागे

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपि) भिट्ठामोड जलेश्वर महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक अम्मर राज बरामुको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध चोरी निकासी गर्न लागेको १८० मिलि. को ३० बोतल (भर्जिन) मदिरा सेवन पक्राउ गरेको हो ।  उक्त मोटरसाइकलमा सवार व्यक्ति प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकलमा छाडी भारततर्फ भागेको निरीक्षक बरामुले बताए ।

प्रतिक्रिया दिनुहोस