आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाद्वारा सिमरामा संविधान दिवस विशेष कार्यक्रम

AuthorAP Khabar २०७५ आश्विन ३, बुधबार ( ७ साल अघि) ६१८ पाठक संख्या

सिमरा, ३ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जीतपुरसिमरा नगर कमिटिले बाराको सिमरामा संविधान दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ । “सम्बृद्व नेपाल, सुखी नेपाली” भन्ने नाराका साथ नेपालको संविधानको जारी भएको तेस्रो वर्ष पुरा भएको उपलक्षयमा नगरकमिटि जीतपुरसिमराले यो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम नेकपाका केन्द्रिय सदस्य दिनेश राईले सबै भाषा, धर्म, जातजातीलाई समेटेको यो संविधान संसारकै उत्कृष्ट संविधान भएको दाबी गर्नुभएको थियो । रामशरण बर्तैलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपाका नेता एवम प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, नेकपाका नेता क्षेत्रबहादुर श्रेष्ठ(अनिल), देवनारायण चौधरी, जीतपुरसिमराका नगरप्रमुख डा. कृष्ण पौडेल, नेकपाका नेता मनोज पौडेल, राजन पौडेल लगाएतले संविधानको बारेमा जनतामा रहेको भ्रम चिर्न आवश्यक रहेको जिकीर गर्नुभएको थियो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, शिला खनाल, सरीता राई लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्या थापाले शुभकामना मनतब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस