AP संवादाता
जनकपुरधाम, कार्तिक ३ : खुसिको पर्व दशैँ केहि ब्यक्तिका खुसि ल्याउन सकेन । सन्दर्भ जनकपुरधामका यस्ता तिन ब्यवसायी जसले दशैँलाई यस वर्ष चाहे अनुसार राम्ररी मनाउन पाएन्न । विजयादशमीको आठौ दिन कालरात्रीमा सबै देवि भगवतिको पुजा आराधनामा ब्यस्त थिए तर जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १६ स्थित पुलचौकका तिन परिवारका लागि कालरात्री नै बनेर आयो ।
कालरात्री अर्थात महाअष्टमीको रात्रीमा दुर्गाका भक्तहरु जहा एकातर्फ बोकाको वली दिएर देविलाई खुसि बनाउदै थिए त्यही जनकपुरधाम भित्रने प्रमुख नाकाको रुपमा रहेको जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १६ स्थित पुलचौकमा तिन परिवारको पेट पाल्ने थलो खरानी वन्दै थियो ।
लगभग रातीको ११ ः ३० बजेको थियो, जनकपुरधामका अधिंकास व्यक्ति मेलामा रमाएका थिए । तर विद्युत र्सट सर्किटले अचानक लागेको आगोले १५ देखि २० मिनेटमा तिन परिवारको सारा सपनालाई जलाएर नष्ट भयो ।
आगोको चपेटामा पर्नेमा नकपुरधाम उपमहानगरपालिका वार्ड नं १ का लालबाबु साह, जनकपुरधाम उपमाहानगरपालिका वार्डन १६ कपलेश्वर टोलका श्रवण साह र सोहि स्थान बस्ने सुरेश साहको पसल जलेर नष्ट भएको हो ।
लालबाबु र श्रवणले मदिराको पसल गर्दै आएका थिए भने सुरेशको टेन्ट हाउसको ब्यापार रहेको थियो । विद्युत सर्ट भएर सल्किएको आगोले खाना पकाउने ग्यास सिलिनडर लिक भएर उग्र रुप दिएको थियो ।
आगो लागेको केहि बेरमै सबै जलेर खरानी भएको लालबाबुले बताए । उनले आफुहरुको जिवनभरको मिहिनेत खरानी भएको समेत जानकारी दिए । आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट नभई लिक भएको र त्यसबाट आगोले उग्र रुप लिएपछि सबै जलेर खरानी भएको सुरेशको भनाई छ ।
त्यस क्षेत्रकै पुरानो र प्रसिद्व टेन्ट हाउस सुरेशकै रहेको थियो । त्यो टेन्ट हाउसलाई उनका बुवाले शुरु गरेका थिए भने त्यसलाई सुरेशले निरन्तरता दिदै आएका थिए । आफ्नो सबै थोक जलेर नष्ट हुदाँ समेत कुनै संघसंस्थाले चासो नदिएको प्रति उनलाई दुख लागेको छ ।
यता व्यापारीहरुको हितका लागि संचालनमा रहेको जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्वर अहिले सम्म मौन बसेको छ भने जनकपुरधाम उपमाहानगरपालिकाले पनि पिडीतको पिडा माथि मल्हम लगाउने कुनै प्रयास गरेको देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस