आज:  २०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखरीमा अज्ञात समुहले बिस हाल्दा ५० लाख बराबरको क्षती

AuthorAP Khabar२०७५ कार्तिक १०, शनिबार (५ साल अघि) ५८० पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १० :  करैयामाई गाउँपालिका १ मधुवनमा गएराती अज्ञात समुहले पोखरीमा बिस हाल्दा करिब ५० लाख मुल्य बराबरको क्षती भएको छ । २ बिगहा क्षेत्रफमा रहेको दिपक पासवानको पोखरीमा शुक्रवार राती अज्ञात समुहले बिस हालेको हो ।
नेपाल मत्सय ब्यवसायी संघका कोषाध्यक्ष समेत रहेका पासवानले तिन महिना पहिले २५ हजार बराबरको नैनी, रोहु, कमन, ग्रास, सिल्भर, बिगरेट, कत्ले (भाकुरा) जातका माछाका भुरा रखेका थिए ।
हाल सो माछाको बजार भाउ करिब ५० लाख बराबरको भैसकेको माछा ब्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिनुभएको छ । साथै नेपाल मत्सय ब्यवसायी संघ बाराले माछा मारेर माछा ब्यवसायीलाई निरुत्साहित गर्ने घटनापैती आपती प्रकट गर्दै दोषीलाई कारवाहि गर्न संम्बन्धित निकायसं माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस