आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा शनिवार एक बृद्धको घाँटी रेटेर हत्या

AuthorAP Khabar २०७५ कार्तिक १०, शनिबार ( ७ साल अघि) ७०४ पाठक संख्या

AP संवादाता

कलैया, कार्तिक १० : बारामा शनिवार साँझ एकजना वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका-२३ कोइरिया टोलाका करिब ६० बर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनु भयो।

खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो। घटना करिब साँझ साढे आठ बजेको हो। अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस