आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ७ साल अघि) ५०८ पाठक संख्या

काठमाडौं, कार्तिक १२ : स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओली सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभउको हो । सोमबार बिहान ४ बजेको समयमा छातिमा समस्या देखिएपछि प्रम ओलीलाई महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
‘समस्या ठुलो केही होइन, छातिमा रहेको समस्या नहटेपछि अस्पताल भर्ना गरिएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्याललले भन्नुभयो, ‘अस्पतालमा चिकित्सकको निरन्तर निगरानी हुने भएकाले पनि अस्पतालमै भर्ना गरिएको हो ।’
प्रधानमन्त्री ओली मौसमी रुघाखोकी र ज्वरोकाका कारण शुक्रबारदेखि नै बिरामी हुनुभएको हो । ज्वरो निको भइसकेको तर राति असहज महसुस गरेपछि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जानकारी दिनुभयो ।

अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस