आज:  २०८१ भाद्र ३०, आईतबार | Sun, 15, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकासँग गार्मेन्टका उत्पादनमा भन्सार छुट गर्न आग्रह

AuthorAP Khabar २०७५ पौष ८, आईतबार ( ५ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं , पुष ८ :  सरकारले गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले नेपाली गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको जानकारी दिनु भएको हो ।

गत साता मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोको नियन्त्रणामा अमेरिकाको औंपचारिक भ्रमण गर्नु भएको थियो । सोही भ्रमणका उपलब्धिबारे आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराउने क्रममा मन्त्री ज्ञवालीले आफूले नेपाली गार्मेन्टको उत्पादनमा भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी समकक्षी पोम्पियोसँग आग्रह गरेको बताउनु भएको हो ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री पोम्पियोले शान्ति प्रक्रियालाई सफलतापूर्वक टुंगोमा पु¥याउने काम गरेकोमा प्रशंशा गर्दै उत्तर कोरियाको आणविक हतियार निशष्त्रीकरणको प्रयासमा साथ दिन नेपाललाई आग्रह गर्नु भएको थियो । भेटमा विदेशमन्त्री पोम्पियोले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबार बारेमा चासो लिनु भएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनु भयो ।

मन्त्री ज्ञवालीले पनि विदेशमन्त्री पोम्पियोसँग आगामी मार्चमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुको सहभागिताका लागि आवश्यक वातावरण बनाई दिन पनि आग्रह गर्नु भएको थियो । द्धिपक्षीय भेटवार्तामा अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपालको पाँचखालस्थित विरेन्द्र शान्ति सैन्य तालिम केन्द्रको क्षमता विस्तारका लागि आवश्यक सहयोग गर्ने बचन पनि दिनु भएको थियो ।

अमेरिकी बसाईको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकास्थित गैर आवासीय नेपालीहरुलाई राष्ट्र निर्माणको अभियानमा सहयागी हुन पनि आग्रह गर्नु भएको थियो । गत पुस १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका भ्रमणमा जानु भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस