आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

आठ वर्षदेखि फरार महतो पक्राउ

AuthorAP Khabar २०७५ पौष १०, मंगलबार ( ६ साल अघि) ३८७ पाठक संख्या

महोत्तरी , पुष १० : अपहरण मुद्दामा विगत आठ वर्षदेखि फरार रहेका साविक किसाननगर गाविस ४ का मकेश्वर महतो पक्राउ परेका छन् ।

करिब सात वर्ष पहिले बर्दिवास नगरपालिका ७ स्थित बस काउण्टरबाट कृष्ण कुमार महतोलाई अपहरण गरी फिरौती रकम लिई छाडेको अभियोगमा जिल्ला अदालत महोत्तरीले उनलाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो । अपहरणपछि महतोले १० लाख फिरौती लिई भारतको मधुवनीबाट कृष्णकुमारलाई मुक्त गरेका थिए ।

महतोलाई धनुषाको जनकपुर उपमहानगरपालिकास्थित पिडारीचोकबाट पक्राउ गरी सोमबार अदालतमा पेश गरिएकोमा अदालतको आदेशमा कैद भुक्तान गर्न जिल्ला कारागार जलेश्वर पठाइएको छ ।

उनीमाथि साविकको निगौल गाविस ३ का शौखिराय यादवको वि.सं. २०६७ वैशाख १ गते हत्या गरेको आरोप समेत रहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस