आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सत्यवतिका पहिरो पीडितलाई अष्ट्रेलियाबाट सहयोग

AuthorAP Khabar २०७६ श्रावण २५, शनिबार ( ६ साल अघि) ५६९ पाठक संख्या

गुल्मी, साउन २५ : सत्यवतिका पहिरो पीडितलाई गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले आर्थिक सहयोग गरेको छ। शनिवार सत्यवति गाउँपालिका वडा नम्बर–३ ठूलो लुम्पेक र वडा नम्बर–४ लिम्घाका पहिरो पीडितका लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले नगद रु २ लाख २९ हजार सहयोग गरेको हो।

बीपी फाउण्डेसन प्रदेश नम्बर–५ का सह–संयोजक तथा महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटाले सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गर्नुभएको हो।पहिरो पीडितका लागि अष्ट्रेलियाका विभिन्न स्थानमा सहयोग संकलन अभियानमार्फत् रकम संकलन गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिवमा प्रकाश अर्यालले जानकारी दिनुभयो।

अध्ययन तथा रोजगारीका लागि अष्ट्रेलियामा रहेका नेपालीले गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया संस्थामार्फत् केही वर्षदेखि नेपालका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन्।

जनता समाचार:

प्रतिक्रिया दिनुहोस