आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जापानमा युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’

AuthorAP Khabar २०७६ श्रावण २६, आईतबार ( ६ साल अघि) ६३२ पाठक संख्या

टोकियो, साउन २६ : एक भिडियो गेम कम्पनी लेबल–५ ले युवतीहरुका लागि एक नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ ।एक्लोपनबाट दिक्क हुने युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार गरिएको कम्पनीले जनाएको छ । नक्कली ब्वाइफ्रेन्डसँग युवतीहरुले अंकमाल गर्दै तनाव भगाउन सक्ने बताइएको छ ।

नक्कली ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्ने बनाइएको छ ।थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमासमेत ब्वाइफ्रेन्डलाई सँगै लैजान सकिनेछ । यसप्रकारको नयाँ प्रविधिको नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ राखिएको छ ।

अझ रोचक त के छ भने, यस्तो ब्वाइफ्रेन्डलाई अंकमाल गरेपछि आफैँ संगीत बज्ने गर्दछ ।

जनता समाचार;

प्रतिक्रिया दिनुहोस