आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय स्वतन्त्रता दिवस : ३० वटा एम्बुलेन्स हस्तान्तरण

AuthorAP Khabar २०७६ श्रावण ३१, शुक्रबार ( ६ साल अघि) ४७७ पाठक संख्या

साउन, ३१ : भारतीय दूतावासले बिहीबार भारतको ७३औँ स्वतन्त्रता दिवस मनाएको छ । राजदूत मन्जिबसिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झन्डोत्तोलन गर्दै अस्पताल, परोपकार तथा शैक्षिक संस्थाका लागि ३० एम्बुलेन्स र ६ बसको चाबी हस्तान्तरण गरे ।

राजदूत पुरीले पाँचजना एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई पाँच करोड ३१ करोड नगद तथा कम्बल दिएर सम्मान गरेका छन् । दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरूलाई पुस्तक उपहार प्रदान गरेको भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेले जानकारी दिए । ‘यसले भारत सरकारको नेपालको सामाजिक–सांस्कृतिक विकासतर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको छ,’ उनले भने ।

भारत सरकारले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई हालसम्म सात सय ५२ एम्बुलेन्स र एक सय ४८ वटा बस उपहार दिएको छ । समारोहमा दूतावासका कर्मचारी, नेपालमा रहेका भारतीय नागरिक सहभागी थिए ।

नयाँ पत्रिका;

प्रतिक्रिया दिनुहोस