आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

लुम्बिनीका कारण नजिकिँदै चीन

AuthorAP Khabar २०७६ भाद्र १०, मंगलबार ( ६ साल अघि) ४७१ पाठक संख्या

भाद्र, १० : प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ। यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो। महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरू बताउँछन्।

प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ। प्रदेश ५ का शंकर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनको विभिन्न प्रान्तको भ्रमण गरे। सोही सिलसिलामा प्रदेश ५ र चीनको सिंचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ।
यो सम्झौताले दुवै प्रदेशबीच लगानीका क्षेत्र पहिचान गरेर विकासमा साझेदारी गर्ने बाटो खुला गरिदिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
तुखबर :

प्रतिक्रिया दिनुहोस