आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जापान जाने विद्यार्थी घटे

AuthorAP Khabar २०७६ भाद्र १४, शनिबार ( ६ साल अघि) ६८६ पाठक संख्या

भाद्र , १४ : शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो ।नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा एसइई पढेर बाहिर जान नपाइने भन्दै त्यस्ता विद्यार्थीलाई अनुमित नदिने भनिएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रवक्ता महेश्वर शर्माले बताए ।

भाषा मात्र पढ्न जानलाई अनुमति पत्र नदिने भनिएपछि जापानका लागि नो अब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या घटेको छ ।

शिक्षा मन्त्रालयअन्तरगत वैदेशिक अनुमितपत्र शाखाका अनुसार २०७६ साउनमा जापान जान एनओसी लिन आउनेको संख्या २४८ मात्र छ । आव २०७५÷७६ जेठ २८ सम्म ८ हजार ३६ जनाले जापानका लागि एनओसी लिएका छन् तथा जेठ २८ देखि असार मसान्तसम्म ४८७ ले जापानका लागि एनओसी लिएका छन् ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस