आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पन्जाबको पटाखा कारखानामा भएको विस्फोटमा मारिनेको संख्या २३ पुग्यो

AuthorAP Khabar २०७६ भाद्र १९, बिहिबार ( ६ साल अघि) ५६५ पाठक संख्या

भाद्र , १९ : भारतको पञ्जाबस्थित गुरदासपुरको बटाला क्षेत्रमा बुधबार दिउँसो करीब ३ः३० बजे एक पटाखा कारखानामा विस्फोट भएको छ ।गुरदासपुरका डीसी विपुल उज्जवले घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् । त्यस्तै, करीब २५ जना अझै भगनावशेषमा फँसिरहेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य अहिले पनि जारी रहेको छ ।

घटनामा २७ जना घाइते रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।विस्फोट यति शक्तिशाली थियो, ५ सय मिटर टाढा रहेको एक मलको शिशा फुटेको थियो भने नजिकका घरहरुमा समेत क्षति पुर्याएको थियो ।स्थानीयका अनुसार बटाला–जलन्धर रोडको हंसली क्षेत्रस्थित पटाखा कारखानामा भएको विस्फोटको आवाज कयौँ किलोमिटरसम्म सुनिएको थियो ।विस्फोट के कारण भयो भन्ने अझै खुल्न सकेको छैन ।एसएसपी उपिन्दरजीन सिंह घुम्मनले कारखाना आवास क्षेत्रमा भएको कारण मृतकको संख्याको बारेमा अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताए ।

स्थानीयका अनुसार यो कारखानामा यसअघि पनि विस्फोट भएको थियो । सन् २०१७ मा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र प्रदेश काँग्रेस अध्यक्ष सुनील जाखड बिहीबार बटाला पुग्ने बताइएको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस