आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

काबुलमा कारबम विस्फोट, १० जना मारिए

AuthorAP Khabar २०७६ भाद्र १९, बिहिबार ( ६ साल अघि) ४६७ पाठक संख्या

काठमाडौं, भदौ १९ : अफगानिस्तानको राजधानी काबुलमा बिहीबार तालिबान विद्रोहीले गराएको एउटा कारबम विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।अफगानिस्तानको काबुलस्थित विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कारबम विस्फोट गराइएको हो ।

अमेरिकी राजदूतावासनजिकै रहेको विदेशी कूटनीतिक नियोगमा भएको विस्फोटमा परी ४० जना घाइते भएका छन् ।गएको सोमबार पनि काबुलमा तालिबानको बम आक्रमणमा परी १६ जनाको ज्यान गएको थियो ।

यसैबीच, अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ ।१८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुनलाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिँदै आएको छ ।
इमेजखबर :

प्रतिक्रिया दिनुहोस