आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आफ्नै शरीरमा आगो लगाएर भारतीय नागरिकले गरे आत्महत्या

AuthorAP Khabar २०७६ भाद्र २०, शुक्रबार ( ६ साल अघि) ४१९ पाठक संख्या

बनियानी, भदौ २० : झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् ।अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरमनले फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाइलेटमा पसी ढोका बन्द गरेर आफ्नो शरीरमा आगो लगाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको हो ।

आफ्नै शरीरमा आगो लगाउनु पर्ने कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस