आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

राजधानीमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने

AuthorAP Khabar २०७६ भाद्र २५, बुधबार ( ६ साल अघि) ६२६ पाठक संख्या

काठमाडौं ,भदौ २५ : यहि भदौ ३१ देखि असोज २ गतेसम्म राजधानीमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ । ‘चिनियाँ चलचित्र महोत्सव २०७६’ नामाकरण गरिएको महोत्सव नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुन लागेको हो । महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यो पटक ६ चिनियाँ चलचित्र प्रदर्शन गरिने वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी दिए । महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्डमास्टर’, दाँते लाम निर्देशित ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौद निर्देशित ‘वुल्फ टोटेम’, लेस्त चेन निर्देशित ‘ब्याटल अफ मेमोरिज’, हान यान निर्देशित ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङ निर्देशित ‘रनिङ लाईक विन्ड’ प्रदर्शन हुने आयोजकले जनाएको छ ।

हरेक दिन २ वटा चलचित्र प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निःशुल्क हुनेछ । महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम समेत राखिएको छ ।

नेपाल र चिनियाँ संस्कृतिको आदान प्रदान गर्ने महोत्सवको मुख्य उदेश्य रहेको छ।
रातोपाटी संवाददाता;

प्रतिक्रिया दिनुहोस