आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति ट्रम्पमाथि महाअभियोगको तयारी

AuthorAP Khabar २०७६ आश्विन ८, बुधबार ( ६ साल अघि) ४६१ पाठक संख्या

असोज , ८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग प्रस्तावको औपचारिक प्रक्रिया शुरु भएको छ । प्रस्ताव पारित हुन भने रिपब्लिकन पार्टीबाट समेत २० सांसदको समर्थन आवश्यक रहनेछ ।राष्ट्रपति ट्रम्प विरुद्ध डेमोक्र्याट्स नेताहरुले महाअभियोग प्रस्तावको औपचारिक शुरुवात गरेका हुन् । प्रतिनिधिसभा प्रमुख न्यान्सी पलोसीले ट्रम्पबाट संविधान र कानूनका थुप्रै बुँदाहरु उलंघन भएको आरोप लगाउँदै महाअभियोग प्रस्तावको लागि औपचारिक शुरुवात गरिएको जनाएकी छिन् ।

प्रतिनिधिसभा प्रमुखले यसरी अभिव्यक्ति दिने नमिल्ने भएपनि पलोसीले राष्ट्रपति कानूनभन्दा माथि नभएको भन्दै जिम्मेवार रहनुपर्ने बताएकी छन् ।उता राष्ट्रपति ट्रम्पले भने प्रतिक्रियामा लगातार ट्वीटमार्फत आफूमाथिको सम्पूर्ण आरोप मिथ्या रहेको जिकिर गर्दै डेमोक्र्याट्सहरुले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । अमेरिकी इतिहासमा हालसम्म कुनै पनि राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट हटाइएको छैन ।

ट्रम्पमाथिको महाअभियोग प्रस्ताव तल्लो अमेरिकी सदनबाट पारित भएपनि रिपब्लिकनको बहुमत रहेको माथिल्लो सिनेटबाट पनि पारित भए मात्र लागु हुनेछ ।महाअभियोग प्रस्ताव पारित गराउन रिपब्लिकन पार्टीका २० जना सांसदको समेत समथन आवश्यक पर्नेछ ।
जनता समाचार ;

प्रतिक्रिया दिनुहोस