आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

न्यूजिल्यान्डमा ज्वालामुखी बिस्फोट हुँदा ५ जनाको मृत्यु

AuthorAP Khabar २०७६ मंसिर २३, सोमबार ( ६ साल अघि) ४६१ पाठक संख्या

मंसिर २३ न्यूजिल्यान्ड

उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ ।

विस्फोटमा अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुख नजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ । प्रहरीका अनुसार २३ जनालाई उद्वार गरिएको छ ।

मृत्यु हुने संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिले उक्त स्थानमा उद्वार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्वारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ ।

उद्वारकर्मीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइतेहरूको शरीर पोलेको छ ।

सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले घटनालाई निकै ठूलो भन्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस