आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाविरुद्ध इरानकाे मिसाइल आक्रमण

AuthorAP Khabar २०७६ पौष २३, बुधबार ( ६ साल अघि) ४०३ पाठक संख्या

पौष २३ एजेन्सी 

 इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा मिसाइल आक्रमण गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बगदादमा भएको ड्रोन हमलामा देशका शीर्ष कमाण्डर कसेम सोलेमानी मारिएपछि त्यसको प्रतिकार गरेको इरानले जनाएको छ ।

इराकमा अमेरिकी सुविधाहरूमा हमला गरेको समाचारमा उल्लेख गरिएको छ ।

व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै भनेका छन् –राष्ट्रपतिलाई यसबारे विस्तृत जानकारी दिइसकेका छौँ, ‘राष्ट्रिय सुरक्षा टोलीसँग परामर्श हुँदैछ ।’

इरानको सरकारी इरान समाचार एजेन्सीका अनुसार अमेरिकीलाई सहयोग इराकलाई चेतावनीको रुपमा आक्रमण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस