आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोरियामा कोरोनाको महामारी, नेपाली कामदारमा त्रास

AuthorAP Khabar २०७६ फागुन ११, आईतबार ( ६ साल अघि) ५२९ पाठक संख्या

फाल्गुन ११ काठमाडौं

 दक्षिण कोरियाको राजधानी सोलदेखि तीन किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण। कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन्। कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ।

तर, थेगुमा केही दिनयता हवात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् । थेगुमा शनिबार मात्रै २२९ जनामा भाइरसको संक्रमण भएको छ। योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४३३ पुगेको छ। दुईको मृत्यु भएको छ। थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन्।

भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बताइन्। हामी धेरै दिनपछि तरकारी किन्न निस्किएका थियौं ।

भने जस्तो सामान नै नपाउने हामीले जे भेटयो त्यही लिएर आयौं । पाउरोटीहरु पनि छैनन् । पहिले जस्तो बजारमा सामान नै छैन् । उनले गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस