आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

हलिउड मुगल हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहार अभियोगमा दोषी ठहर

AuthorAP Khabar २०७६ फागुन १३, मंगलबार ( ६ साल अघि) ७०८ पाठक संख्या

फाल्गुन १३ एजेन्सी ।

 हलिउड मुगल हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहार अभियोगमा दोषी ठहर भएका छन् ।

हलिउडबाट शुरु भएको मी टू अभियानकै कारण विगतमा गरेका अपराधहरु बाहिर आएर दोषी ठहर हुने वाइन्स्टिन चलचित्र क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् ।

६७ वर्षका वाइन्स्टिनलाई अमेरिकाको न्यूयोर्कमा रहेको अदालतले थर्ड–डिग्री रेप तथा फर्स्ट–डिग्री क्रिमिनल सेक्सुअल एक्टमा दोषी ठहर गरेको हो । तर उनी गम्भीर प्रकारको यौनजन्य अपराधको अभियोगबाट भने मुक्त भएका छन् । उनले २५ वर्षसम्मको जेल सजाय पाउन सक्ने छन्

प्रतिक्रिया दिनुहोस