आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दिल्ली हिंसाः दङ्गामा मारिनेको सङ्ख्या ३४ पुग्यो

AuthorAP Khabar २०७६ फागुन १५, बिहिबार ( ६ साल अघि) ४२५ पाठक संख्या

फाल्गुन १५ एजेन्सि :

भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या ३४ पुगेको छ। आइतबारबाट सुरु भएको हिंसात्मक दङ्गामा मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

दिल्लीमा जारी हिंसामा मारिने सबैलाई गोली लागेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार दिल्लीका कतिपय इलाकामा अझै पनि हिंसात्मक गतिविधि भइरहेको र हिंस्रक जत्था घुमिरहेका छन् ।

विशेषगरी, उत्तर–पूर्वी क्षेत्रमा छिटपुट हिंसा भएको प्रहरीले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

दिल्लीमा हिन्दू र मुस्लिम समुदायबीच भएको उक्त दंगा रोक्नको लागि र थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन्।

सुरुमा नागरिकता कानुनका पक्ष र विपक्षमाबीच सुरु भएको झडपले साम्प्रदायिक दङ्गाको रुप लिएको थियो ।

बुधवार हिंसामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झडप भएको खबर आएका छन्। दिल्लीका शहरहरु अझै अशान्त नै देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस