फाल्गुन १६ सिरिया ।
इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । टर्कीको हाटेका गभर्नर राहमी डोगानले दर्जनौँ सेैनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।
यसै महिनाभित्र टर्कीका सेनालाई लक्षित गरी भएका आक्रमणबाट ५३ जना टर्केली सेनाको मृत्यु भइसकेको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् ।
इड्लिबमा केही सातादेखि टर्की समर्थित लडाकू र मस्को समर्थित सिरियाली सेनाबीच जारी भीषण युद्धमा ठूलो जनधनको क्षति पुगेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले तत्कालै हस्तक्षेप नगरिए इड्लिबमा अझ बढी जनधनको क्षति हुन सक्ने बताउनुभयोएको छ ।
महासचिव गुटेरेसले तत्काल युद्धबिराम गर्न आग्रह पनि गर्नु भएको छ ।











प्रतिक्रिया दिनुहोस