आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

वर्षासँगै आएको पहिरोबाट ४२ जनाको मृत्यु

AuthorAP Khabar २०७६ फागुन २६, सोमबार ( ६ साल अघि) ९८७ पाठक संख्या

फाल्गुन २६ एजेन्सी।

 ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा पहिरोबाट ४२ जनाको मृत्यु भएको छ ।

भीषण वर्षासँगै आएको पहिरोमा ३६ जना हराइरहेको समाचारमा जनाइएको छ ।

गुआरुजा भन्ने पहाडी क्षेत्रमा भएको भीषण वर्षासँगै आएको पहिरोले पुराना घरहरु बगाएको जनाइएको छ । त्यस क्षेत्रमा गत सातादेखि नै भीषण वर्षा भइरहेको जनाइएको छ ।

लगातार भइरहेको वर्षाका कारण स्थानीयको उद्वार गर्न निकै कठिनाई भइरहेको स्थानीय अधिकारीको भनाइ उद्रित गर्दै विदेशी समाचार माध्यमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस