आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसका कारण पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो देसौसा आइसोलेसनमा बस्ने

AuthorAP Khabar २०७६ फागुन २६, सोमबार ( ६ साल अघि) ६२७ पाठक संख्या

फाल्गुन २६ काठमाडौं कोरोना भाइरसका कारण पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो देसौसा आइसोलेसनमा बस्ने भएका छन् । राष्ट्रपति देसौसाले आइतबार सबै सार्वजनिक गतिविधि रद्द गराएर घरमै बसी काम गर्ने बताएका हुन् ।

राष्ट्रपति भ्रमणमा गएको एक विद्यालयका विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखिएपछि उक्त विद्यालय पनि बन्द गरिएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिमा कोरोनाको कुनै लक्षण नदेखिएको जनाएको छ । र संक्रमित विद्यार्थी राष्ट्रपती निवासमा नगएको पनि प्रस्ट पारिएको छ ।

राष्ट्रपतिले आफैं आइसोलेसनमा बसेर कोरोनाको रोकथामको उपाय अपनाउने र घरबाटै काम गर्न सबैलाई प्रेरित गर्ने उद्देश्यले यस्तो गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस