आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ब्राजिलमा कोरोना भाइरसबाट १५ हजारभन्दा बढीको मृत्यु

AuthorAP Khabar २०७७ जेष्ठ ४, आईतबार ( ५ साल अघि) ३५० पाठक संख्या

जेष्ठ ०४ एजेन्सी : साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८१६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको छ ।

एकै दिन १४ हजार ९१९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ३३ हजार १४२ पुगेको छ ।

१ लाख २७ हजार ८३७ जनाको उपचार भइरहेको छ भने ८९ हजार ६७२ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस