आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानी प्रधानमन्त्रीले भने– भारतको विस्तारवादी नीति छिमेकीका लागि खतरा

AuthorAP Khabar २०७७ जेष्ठ १४, बुधबार ( ५ साल अघि) ५३४ पाठक संख्या

काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीका लागि निरन्तर खतरा बनेको प्रधानमन्त्री खानको भनाइ छ ।

प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन् ‘नेपाल र चीनसगँको सीमामा भारतले परिस्थिति बिगारिरहेको छ ।’ अर्को ट्विटमा उनी लेखेका छन्– ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलन अनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’

साभार जनतासमाचार

प्रतिक्रिया दिनुहोस