आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा एकै दिन ३२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

AuthorAP Khabar २०७७ अषाढ ७, आईतबार ( ५ साल अघि) ५४१ पाठक संख्या

असार ०७ एजेन्सी : साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३२ हजार ६२७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख २९ हजार ८१७ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २१ हजार ९७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ६७ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख ४० हजार १६७ जनामध्ये १६ हजार ५४७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस