आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वभर एक करोड पाँच लाखमा काेराेना संक्रमण, ५७ लाख घर फर्किए

AuthorAP Khabar २०७७ अषाढ १७, बुधबार ( ५ साल अघि) ५२५ पाठक संख्या

असार १७ काठमाडौं  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमित संख्या १ करोड पाँच लाख ८३ हजार ८ सय ७८ पुगेको छ । विश्व स्वस्थ्य संगठनका अनुसार विगत २४ घण्टामा मात्रै एक लाख ७० हजार पाँच सय ५२ जना संक्रमित थपिएका छन् ।

हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार एक सय ३९ पुगेको छ । त्यस्तै, ५७ लाख ८३ हजार नौ सय ८३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

विगत २४ घण्टामा मात्रै कोरोनाबाट एक लाख ७० हजार ५ सय ५२ जना संक्रमित भएका छन् भने पाँच हजार २५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । दोस्रो प्रभावितमा ब्राजिल रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा हालसम्म १३ हजार ५ सय ६४ जनामा संक्रमण देखिएको छ । २९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार एक सय ९४ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस