आज:  २०८२ बैशाख ११, बिहिबार | Thu, 24, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प

एपी खबर २०८० आश्विन १६, मंगलबार ( १ साल अघि) ९३ पाठक संख्या

बाजुरा– बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको हो ।

 

भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ । त्यसैगरी भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।

 

प्रतिक्रिया दिनुहोस