आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

स्वास्थ्यमा सुधार आएपछि टोपबहादुर रायमाझी अस्पतालबाट ‘डिस्चार्ज’

एपी खबर २०८० चैत्र १७, शनिबार ( ११ महिना अघि) १५७ पाठक संख्या

काठमाडौं : नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।स्वास्थ्यमा सुधार आएपछि रायमाझीलाई डिस्चार्ज गरेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

 

‘उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो’, उनले भने, ‘मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो।’ मुटुको चाल कम भएपछि उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस