आज:  २०८१ पौष २९, सोमबार | Mon, 13, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गरे : वडा अध्यक्ष हरिदेव खरेल

एपी खबर २०८१ जेष्ठ १३, आईतबार ( ७ महिना अघि) १६५ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ सखुवाघाटले वार्षिक सर्वपक्षीय भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक योजनाको बारेमा वडा बासिहरुलाई जानकारी गराउन यस कार्यालयले वार्षिक सर्वपक्षीय भेलाको आयोजना गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हरिदेव खरेलले यस आर्थिक वर्षमा वडा, नगर र प्रदेश स्तरीय गरी ६ करोड ६२ लाखको काम गर्न सफल भएको बताउनुभयो । उहाँले वडाको बजेट २ करोड ३ लाख, नगरको बजेट २ करोड ६४ लाख, प्रदेसको बजेट १ करोड ३५ लाख, राष्ट्रपति चुरे संरक्षणको ६० लख गरी करिब ६ करोड ६२ लाख को योजनाको काम गराउन सफल भएको जानकारी दिनुभयो ।

 

वडा अध्यक्ष खरेलले आफ्नो वडामा कृषि, शिक्षा, जनचेतनाका साथै स्वास्थ्यलाई प्राथमिक्तामा राखेर काम गरेको जानकारी गराउनुभयो । साथै टाँगीया बस्तिका जनताका लागि काम गर्ने क्रममा धेरै जसो योजना विभिन्न कानुन अवरोधका कारण गर्न नसकेको र त्यसको पहल गर्ने काम अगाडी बढेको जानकारी गराउनुभयो ।

 

यसैगरी कार्यक्रममा यसै वडाका पुर्व वडा अध्यक्ष केदार बजगाईले वडाको विकासका लागि आफु पदमा नभएपनि सधै लागि पर्ने बताउनुभयो । सकारात्मक कार्य गर्ने यस वडाका वडा अध्यक्ष लगाएतका टिमलाईपनि आफ्नो साधै साथ र सहयोग रहने बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://fb.watch/sioJnKowJr/

प्रतिक्रिया दिनुहोस