आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आठ देशमा राजदुत सिफारिस

एपी खबर २०८१ अषाढ ८, शुक्रबार ( ३ हप्ता अघि) ६१ पाठक संख्या

सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।

 

सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए ।

 

त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस