आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको कोल्हबीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

एपी खबर २०८१ अषाढ ११, सोमबार ( ३ हप्ता अघि) ३५२ पाठक संख्या

बाराको कोल्हबीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बारा ट्राफिक प्रहरीले शुरु गरेको सप्ताह ब्यापी सडक सुरक्षा सप्ताह कार्यक्रम अन्तरगत पाँचौ दिन सोमवार कोल्हबीमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कोल्हबीका आयोजित यस कार्यक्रममा अन्तरगत ट्राफिक प्रहरीले सवारी साधनमा स्टिकर टास्ने, ट्राफिक नियम सिकाउने जस्ता चेतना मुलक कार्य गरेका थिए ।

जिल्ला ट्राफिक कार्यालय बाराका प्रहरी निरिक्षक रामकुमार महतोको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कोल्हबी नगरपालिका नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी, ईलाका प्रशासन कार्यालय कोल्हबीका प्रमुख विश्वनाथ लुईटेल, पुर्व मेयर भरत भण्डारी, कोल्हबी नगर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी साह लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस