आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

कथित जितपुरसिमराको १०औँ नगरसभाको प्रमाणीत प्रतिलिपी प्रशासकिय अधिकृतसंग छैन्

एपी खबर २०८१ अषाढ १५, शुक्रबार ( ६ महिना अघि) २५६ पाठक संख्या

जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेले नगरसभा सम्पन्न भएको कुनैपनि कागजात हाल आफुले दिन नसक्ने बताउनुभएको छ । कथित नगरसभा सम्पन्न भएको आधार सहितको प्रमाणीत प्रतिलिपी माग गर्न पुगेका नगरसभा सदस्यहरुलाई प्रशासकिय अधिकृत काफ्लेले आफुसंग नगरसभा सम्पन्न भएको प्रमाणीत कागजात नभएको ले तत्काल उपलब्ध गराउन नसक्ने बताउनुभएको हो ।

 

प्रमुख प्रशासकिय अधिकृतले भन्नुभयो “काजग पत्र प्रमाणीकरण भएको छैन् मेयर साहब अहिले बाहिर हुनुहुन्छ । मेयर साहब आएपछि प्रमाणीकरण हुन्छ अनिल त्यो उपलब्ध गराउछु ।”

 

यस अघि जितपुरसिमरा उपमहानगरपालिकाका नगर उप्रमुख भोला अधिकारी सहितको नगरसभा सदस्यहरुले २०८१ असार ११ गतेपनि प्रमुख प्रशासकिय अधिकृतसंग कथित १० औँ नगरसभाको प्रमाणित प्रतिलिपी माग्नुभएको थियो । त्यस दिन प्रशासकिय अधिकृत काफ्लेले आफुसंग नगरसभा सम्पन्नको कुनै कागजपत्र नरहेको बताउनुभएको नगर उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

 

कानुनी आधार टेकेर जितपुरसिमराका नगर प्रमुख राजन पौडेलले गर्नुभएको १० औँ नगरसभामा गणपुरक संख्या नपुगेको दाबी गर्दैँ आएका जितपुरसिमरा उपमहानगरपालिका नगरसभा सदस्यहरुले प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाउदै कथित नगरसभा सम्पन्नको प्रमाणीत प्रतिलिपी माग गरेका हुन् ।

 

ज्ञापन पत्र बुझाउनेमा जितपुरसिमराका नगरसभा सदस्य एवम नेकपा एमाले संसदिय दलका उपनेता चयन गुरुङ्घ, नेपाली कांग्रेस संसदिय दलका नेता हिराबहादुर गुरुङ्ग र लोकसपा संसदिय दलका नेता मोतिलाल राउतले संयुक्त हस्ताक्षर सहित नगरसभा सदस्य चतुरबाबु वाग्ले रहनुभएको थियो ।

https://fb.watch/s_uErEcuL4/

प्रतिक्रिया दिनुहोस