आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ज्योति विकास बैंक सिमरा शाखाद्वारा स्वास्थय केन्द्र जितपुरलाई बेबी वार्मर सेट सहयोग ।

एपी खबर २०८१ अषाढ १८, सोमबार ( १ हप्ता अघि) २१९ पाठक संख्या

ज्योति विकास बैंक सिमरा शाखाले प्राथमिक स्वास्थय केन्द्र जितपुरलाई एक थान बेबी वार्मर सेट हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर सेट प्रदान गरेको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले अन्यक्षेत्रमा गरेको लगानि भन्दा स्वास्थ्यको क्षेत्रमा गरेको लगानि दिगो हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले मधेस प्रदेश मै स्वास्थ्य अवस्थामा लगानी कम रहेको बताउदै विभिन्न निजी क्षेत्रले स्वास्थ्यमा गरेको लगानी सकारात्मक रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै ज्योति विकास बैंक मार्केटिङ ब्रान्डिङ्गका हेड कुशलजङ्गा अधिकारीले ज्योति विकास बैंकले देशभरि ४४ वटा न्यनो नानी मेसिन वितरण गरीसकेको बताउँदै यस बैंकले आफ्नो सामाजिक उत्तरदायित्व हर क्षेत्रमा पूरा गर्दै आएको बताउनुभयो।

उहाँले नेपालमै उत्पादन हुने यो उत्पादनलाई हामीले प्राथमिकतामा राखेर सबै ठाउँमा नेपाली ब्राण्ड नै वितरण गर्दै आएको बताउनुभएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र जितपुरका अध्यक्ष सुनिल कुमार गुप्ताको सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र काठमान्डौका प्राविधिक इलेक्ट्रिकल इन्जिनियर महिप केसी, ज्योति विकास बैंक सिमरा शाखाका प्रमुख भरत आचार्य, ज्योति विकास बैंक सिमरा शाखाका कर्जा प्रमुख निरजकान्त झा, वडा सदस्य एवम ब्यवस्थापन समिति उपाध्यक्ष सीता उप्रेती, नवीन मैनाली, ललितादवि पासवान, वडा सिचव दिलिप ढुङ्गाना, प्राथमिक स्वास्थ्य केन्द्र जितपुरका प्रमुख डक्टर सुजल अधिकारी, सिअहेब अधिकृत प्रवीण कुमार झा लगाएत स्थानिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका जनस्वास्थ्य निरीक्षक जाहिद हुसेनले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस