आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा लागु औसत गाँजा सहित एक जना पक्राउ

एपी खबर २०८१ अषाढ १८, सोमबार ( १ हप्ता अघि) १४१ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय पर्साले लागू औसत गाँजा सहित एक जना व्यक्ति पक्राउ गरेको छ। बीरगञ्ज महानगरपालिका वडा नं १६ शंकर शङ्कराचार्य गेट अगाडि नियमित चेक जाँच गर्दा कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखेको एक किलो २५० ग्राम गाजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

 

नियमित चेकजाँचको क्रममा कालो प्लास्टिकको झोला लिएर नेपालबाट भारततर्फ पैदल जाँदै गरेको व्यक्ति माथि शङ्का लागि चेक जाँच गर्दा उनीबाट प्रहरीले १ किलो २५० ग्राम गाँजा बरामद गर्न सफल भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको बिहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना दर्पा पञ्चायत रामपुर वडा नं ६ बस्ने श्याम बिहारी शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस