एन प्याप्सनले फाल्गुन ६ गते भित्र केन्द्रिय कमिटि बैठक बोलाई ८ औँ महाधिवेसनको समय तोक्ने भएको छ । मधेश प्रदेशको बारा स्थित सिमरामा एन ब्याप्सनका अध्यक्षद्धय पाण्डु हमाल ठकुरी र सुभाष न्योपानेको संयुक्त निर्णयले ६ गते भित्र केन्द्रिय कमिटिको बैठक बसी अधिवेसनको समय तोक्ने निर्णय गरेको हो ।
केन्द्रिय अधिवेसनको विवाद सतहमा आएपछि बारा जिल्लाको पहलमा आयाजित मधेश प्रदेशका ८ ओटै जिल्ला अध्यक्षहरुको संयुक्त भेलाले गरेको माग अनुसार दुबै अध्यक्षले संयुक्त रुपमा केन्द्रिय बैठक फल्गुन ६ गते भित्र बोलाई अधिवेसनको मिति तोक्ने सहमती जनाएका हुन् ।
केन्द्रिय अधिवेसन गर्न दुबै अध्यक्ष दुई फरक स्थान र समय तोकी तैयारी अगाडी बढाएपछि बारा जिल्लाले एकताको अधिवेसन गर्न भेलाको आयोजना गरेको थियो । एन प्याप्सनको केन्द्रिय अध्यक्षद्धय पाण्डु हमाल ठकुरीले फाल्गुन १५ र १६ गते पर्साको विरगंजमा र सुभाष न्योपानेले १६ र १७ गते काठमाण्डौमा गर्ने तैयारी अगाडी बढाएको थियो ।
बारा जिल्ला अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाको पहलमा आयोजित एकताको अधिवेसन गर्न दबाबमुलक भेलामा मधेश प्रदेशका आठै ओटा अध्यक्ष, सचिव, कोषाध्यक्षका साथै सिन्धुली जिल्लाका अध्यक्ष एवम पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस