बाराको सिमरामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आईतवार ईलाका प्रहरी कार्यालय सिमराको नजिकै भएको सवारी दुर्घटनामा ३० वर्षमा उदित नारायण झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विरगंज पथलैया सडक खण्ड्को पथलैयाबाट विरगंज तर्फ जादैँ गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरित दिसाबाट आउदै गरेको ना ४० प ४१९५ नम्बरको माटरसाईकललाई ठक्कर दिएको थियो ।
दिउसो एक बजे भएको दुर्घटनामा परि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने उदय नारायण झा र उत्पल आचार्य गम्भिर घाईतेको भएका थिए । घाईतेलाई प्रहरीले अस्पताल एल.एस. न्युरो अस्पताल परावानिपुरमा उपचारको लागिल पठाएको र डाक्टर झालाई मृत भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।
एलेएस न्युरो अस्पतालमै उपचारको क्रममा रहेको आचार्यको अवस्थापनि गम्भिर रहेको प्रहरीद्धारा जारी गरीएको विज्ञप्तिमा उल्लेख छ । करिब १८ वर्षका आचार्यको खुट्टा र टाउकोमा गम्भिर चोक लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस