आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एप्पलले तीन वर्षपछि ल्यायो इन्ट्री लेभलको फोन ‘आईफोन १६ ई’, कति छ मूल्य रु

एपी खबर २०८१ फागुन ८, बिहिबार ( १ साल अघि) १४४ पाठक संख्या

एप्पलले तीन वर्षपछि अन्ततः इन्ट्री लेभलको आईफोन सार्वजनिक गरेको छ । आईफोन १६ ईले कम्पनीको लाइनअपमा आईफोन एसईलाई प्रतिस्थापन गरेको छ ।

 

यो फोन आइफोन १४ को डिजाइनमा आएको छ । नयाँ प्रोसेसर ए१८ राखिएको आईफोन १६ ईले एप्पल इन्टेलिजेन्स समेत सपोर्ट गर्नेछ । यसको मूल्य ५९९ अमेरिकी डलर तोकिएको छ ।

 

आईफोन १६ ई एप्पलको इन्ट्री लेभलेको मोडेल हो जसले आईफोनको आधुनिक पूर्ण(स्क्रिन डिजाइन अपनाएको छ । त्यसैले, यो पहिलो मोडेल हो जसमा फेस आईडी समावेश गरिएको छ ।

 

६।१ इन्चको डिस्प्लेसहित आएको यसमा लाइटनिङको सट्टा युएसबी सी पोर्ट छ । पुरानो आईफोन एसई मोडेलहरू जस्तै, यसको पछाडि केवल एक क्यामेरा लेन्स छ । तर, यो ४८ मेगापिक्सेलको ‘द्द(ष्ल(ज्ञ’ क्यामेरा हो, जसले इन्टिग्रेटेड टुएक्स जूम प्रदान गर्छ ।

 

यसमा एक्सन बटन पनि छ, जुन आईफोन १५ प्रोमा पहिलो पटक देखिएको अनुकूलन गर्न मिल्ने भौतिक सर्टकट बटन हो । अर्कोतर्फ, यसमा म्यागसेफ चार्जिङ छैन, जसले महँगो आईफोन मोडेलहरूमा पाइने वायरलेस चार्जिङ भन्दा सीमित छ ।

 

यसले क्युआई वायरलेस चार्जिङलाई ७।५ वाटसम्म समर्थन गर्छ । यसमा प्रयोग गरिएको चीपमा केवल चार जीपीयु कोर छन् । साथै, यो पहिलो आईफोन हो जसमा एप्पलको आफ्नै सीवान मोडेम छ । यसमा अल्ट्रा वाइडब्याण्ड फाइभजी र वाईफाई सेभेन जस्ता सुविधाहरू गुमाएको छ ।

 

नयाँ आईफोन १६ ई, १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भण्डारण विकल्पहरूमा उपलब्ध हुनेछ। तपाईं यसलाई कालो र सेतो रंगमा अर्डर गर्न सक्नुहुन्छ। फेब्रुअरी द्दज्ञ देखि नयाँ आईफोन १६ ईको प्रि(अर्डर गर्न सक्नुहुन्छ, र यसको आधिकारिक वितरण फेब्रुअरी द्दड मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस