बाराको जितपुरमा आयोजना हुन लागेको ५१ कुण्डीय बेदमाता गायत्री माहायज्ञको तैयारी पुरा भएको आयोजक समितिले जनाएको छ । बुधवार आयोजक समितिले पत्रकार सम्मलेनको आयोजना गर्दै फाल्गुन १५ गते शुरु हुने भनिएको महायज्ञको तैयारी पुरा भएको जनाएको हो ।
जितपुर हिन्दु समाज गायत्री महायज्ञ समितिको आयोजनामा हुन लागेको यस महायज्ञको पहिलो दिन १५ गते बिहिवार बिहान ८ बजे कलश यात्रा निकालीने छ । कलश यात्रा पश्चात शुरु हुने महायज्ञमा फाल्गुन १६ गतेदेखि १८ गते सम्म यज्ञ हवन हुने र १८ गते नै सम्पन्न हुने आयोजकले जनाएको छ ।
महायज्ञको मुख्य विशेषताको रुपमा रहेको प्रवचन कार्यक्रम प्रत्येक दिन राती ८ बजेदेखि ११ः३० बजे सम्म हुने र यसले भक्तजनहरुमा धार्मिक चेतना तथा धर्मप्रतिको विश्वाश बढ्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस