आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्रद्वारा नेपाल प्रहरीका आईजीपी कुँवरको बिदाइ

एपी खबर २०८१ चैत्र ३, आईतबार ( १२ महिना अघि) २३२ पाठक संख्या

सशस्त्र प्रहरी बलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ९आईजीपी० बसन्त बहादुर कुँवरलाई बिदाइ गरेको छ ।

 

हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईतबार उनको बिदाइ गरे ।

 

प्रहरीका आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुनेछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका छन् । कुँवरले करीब २ वर्ष प्रहरी संगठनको नेतृत्व गरेका छन् ।

 

हलचोकमा आयोजित बिदाइ समारोहमा कुँवरलाई सलामी प्रदान गरिएको छ ।

 

आईजीपी कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदैछन् । डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ गतेबाट अनिवार्य अवकाश जानेछन् ।

प्रतिक्रिया दिनुहोस