आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

एपी खबर २०८१ चैत्र ५, मंगलबार ( ११ महिना अघि) २०२ पाठक संख्या

नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा राजावादीको प्रदर्शनका विषयमा पनि छलफल भएको र अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरूपमा क्रियाशील हुने निष्कर्ष निकालेको उनले बताए। प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल नरहेको जिकिर गरे।

 

अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उनले सरकारमा आउँदा गणतन्त्र पक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताए। उनले समाजवादी मोर्चाले आह्वान गरे पनि कांग्रेस प्रदर्शनमा सहभागी नहुने तर गणतन्त्रको रक्षाका लागि मोर्चाले गरेको निर्णय ठीक रहेको बताए।

प्रतिक्रिया दिनुहोस