आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ललितको अर्को ५ विकेटले सस्तैमा समेटियो गण्डकी

एपी खबर २०८१ चैत्र ६, बुधबार ( ११ महिना अघि) १७१ पाठक संख्या

प्रधानमन्त्री कपको पछिल्लो संस्करणमा लयमा रहेका नेपाल पुलिसका ललित राजवंशीले ५ विकेट लिँदा गण्डकी प्रदेश ९२ रनमा समेटिएको छ। यसअघिका खेलमा पनि ललितले ५ विकेट लिएका थिए।

 

उनले अघिल्लो लय कायमै राखेका छन्। पुलिसका अर्का खेलाडी गुल्सन झाले ४ विकेट लिँदा गण्डकी धरासायी बनेको थियो। एक्स्ट्रा टेक क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको गण्डकीका अर्जुन कुमालबाहेक अन्य कसैले टिकेर खेल्न सकेनन्।

 

कुमालले ४८ रन बनाएर आउट हुँदा सुवास भण्डारी र रोहित चन्दले १०(१० रन बनाएका थिए। अबको केहीबेरमा पुलिससँग बलिङ गरेका छन्।

प्रतिक्रिया दिनुहोस