आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

तस्कर धपाउन धनुषामा गोली फायर

एपी खबर २०८१ चैत्र ८, शुक्रबार ( ११ महिना अघि) १६० पाठक संख्या

तस्कर धपाउन धनुषाको मुखियापट्टी मुसहरनियामा प्रहरीले गोली फायर गरेको छ ।
शुक्रवार दिउंसो २ बजेतर तस्करीको सामान नियन्त्रणमा लिनकालागि तस्करहरूले अवरोध गर्न खोज्दा प्रहरीले गोली चलाएको हो ।

 

मुखियापट्टी मुसहरनिया ६ बैरिया टोलमा प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करले रोकेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जनाएको छ ।

 

उनका अनुसार स्थानीय भज्जु यादवको घरमा तस्करीको सामान रहेको प्रहरीले गोप्य सूचनाको आधारमा सामान नियन्त्रण लिन छापामारी गर्न खोज्दा तस्करहरुले प्रहरीलाई रोक्न खोजेपछि दुवै पक्षबीच बझाबाझ भई स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गर्दा तस्करहरु फरार भएको उनले बताए ।

 

तस्करीका १४ कोरा सामानहरु नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ । यद्यपि नियन्त्रणमा लिइएका सामानका के के हो बारे प्रहरीले खुलाएको छैन ।

 

नोटस् लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस