नेपाल क्रिकेट संघ ९क्यान० ले हङकङमा हुने चार देशीय टी(२० सिरिजका लागि खेलाडीको छनौट गरेको छ । शनिबार क्यानले रोहित पौडेलको कप्तानीमा १४ खेलाडीको छनौट गरेको छ ।
नेपालले चैत २७ गतेदेखि हङकङमा चार देशीय सिरिज खेल्दैछ । सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेकाछन् ।
क्यानले छानेका १४ खेलाडीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम रहेका छन ।
नेपालले अप्रिल ९ मा कतारसँग, अप्रिल १० मा कुवेतसँग, अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अप्रिल १३ मा तृतीय स्थान र फाइनल हुने तालिका रहेको छ ।











प्रतिक्रिया दिनुहोस